आज ४४ जनामा संक्रमण, १ जनाको ज्यान गयो

आज ४४ जनामा संक्रमण, १ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा मुलुकभर ४४ जना कोरोना संक्रमित भेटिएका हुन् । छ हजार पाँच सय ९४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा चार सय ८१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ५ प्रतिशत छ । अझै दुई हजार छ सय ८८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा १३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा दुई र ललितपुरमा दुई जना संक्रमित भेटिएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या तीन सय १४ छ । भक्तपुरमा २९ र ललितपुरमा दुई सय ८६ जना छन् ।

आज संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा थपिएका संक्रमितमध्ये आठ जना युवायुवती छन् भने एक जना किशोरकिशोरी हुन् ।

टिप्पणीहरू