पल शाहविरुद्ध १४ वर्षको जेल सजाय मागदाबी

पल शाहविरुद्ध १४ वर्षको जेल सजाय मागदाबी

नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । शाहका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा उल्लेख गरिएको छ । उनलाई भने पललाई मागदाबी गरिएको सजायको आधा कैद सजाय माग गरिएको उनले बताए ।

अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ र त्यसपछि थुनछेक बहस शुरु हुनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले आवश्यक अनुसन्धान सम्पन्न गरेर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । पलविरुद्ध तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई फागुन १५ गते नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरीसमक्ष पुगेका थिए । फागुन ११ गते नाबालिका गायिकाले शाहविरुद्ध बलात्कार तथा यौनहिंसाको जाहेरी दिएकी थिइन् ।

टिप्पणीहरू