पेशागतमा कसले राखेछन् पकड

पेशागतमा कसले राखेछन् पकड

पार्टी विभाजनपछि संगठन, कार्यालय र मान्छेहरु छिन्नभिन्न हुने नै भए । लैनचौरस्थित एनसेलको नयाँ भवनपछाडि पेशागत महासंघको कार्यालय अहिले एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कार्यालयसरह बनेको छ । अर्थात्, महासंघदेखि उक्त कार्यालयसम्म कब्जा छ ।

तर, निजामती कर्मचारी संगठनमा भने एमालेकै पकड बलियो पाइन्छ । त्यसबाहेक वकिल, पत्रकार, प्राध्यापकभित्र संख्याले एमाले धेरै, तर पेशाकर्मीका रुपमा देखाउने, चिनाउने पात्रका हिसाबले समाजवादीतिर बढी गएका छन्।

यसक्रममा समाजवादीले कब्जा जमाएको अर्को थलो हो, सार्वजनिक संस्था कर्मचारी संगठन (पिन) । उसले चैत १२ गते बैठक बोलाएको छ । यसको सचिवालयमा समाजवादी सिंगो कार्यसमितिमा चाहिँ एमालेको बहुमत छ ।

विद्युत प्राधिकरणको कर्मचारी रहेका रामप्रसाद रिमाल त्यसका अध्यक्ष हुन् भने महासचिव पनि समाजवादीकै छन् । उक्त संगठनको सचिवालयमा प्रेस काउन्सिलका प्रल्हाद बस्नेत, एमाले उपमहासचिव विष्णु रिमालकी पत्नी तथा विद्युतकी कर्मचारी इन्दु आचार्यहरु ओलीपक्षका छन् ।

समाजवादीमा कर्मचारी नेतामध्ये प्रेमलकुमार खनाल, विश्वनाथ प्याकुरेल, भोला पोखरेल, मोहन घिमिरे सक्रिय छन् । वकिलमा विश्वकान्त मैनाली, शम्भु थापा, प्रा.डा.युवराज संग्रौला, गोविन्द बन्दीसहित छन् । कर्मचारीमा चाहिँ भोला र मोहनलाई मन नपराएकै नाममा कतिपय एमालेमै बसेका छन् भनिन्छ ।

टिप्पणीहरू