जग्गा खाली गर्न एमसीसीको ३५ दिने सूचना

जग्गा खाली गर्न एमसीसीको ३५ दिने सूचना

अमेरिकी सहयोग परियोजना एमसीसीको नेपाल कार्यालय एमसीए नेपालले परियोजनाअन्र्तगत नुवाकोटमा निर्माण गर्न लागिएको चारसय केभीको रातमाटे सबस्टेशनका लागि अधिग्रहण गरिएको जग्गा खाली गर्न स्थानीयलाई सूचना गरेको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिको नामबाट जारी सूचनामा आगामी ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिइएको हो ।

एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब–स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएकाले जतिसक्दो छिटो जग्गा खाली गर्न भनिएको छ । अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरूप सब–स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेको व्यहोरा उल्लखे छ ।

सूचनामा भनिएको छ, ‘मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूले अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध गरिन्छ ।’

टिप्पणीहरू