सुर्खेतमा पनि हतियार बुझाउन १५ दिनको म्याद दिइयो

सुर्खेतमा पनि हतियार बुझाउन १५ दिनको म्याद दिइयो

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, सुर्खेतले आफूसँग भएका हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न इजाजतप्राप्त हातहतियार समेत प्रहरीलाई बुझाउन जिल्लाबासीलाई आग्रह गरेको हो ।

निर्वाचन सम्पन्न भएपछि ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ । ‘आफूसँग भएका हातहतियारहरु निर्वाचन सम्पन्नपछि फिर्ता पाउने गरी नजिकका प्रहरी इकाई मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ (पन्ध्र) दिनभित्र बुझाउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ आज प्रकाशित सूचनामा उल्लेख छ ।

टिप्पणीहरू