विश्व कविता दिवसमा कविता वाचन

विश्व कविता दिवसमा कविता वाचन

आज विश्वभर विभिन्न साहित्यिक कार्यक्रमसहित विश्व कविता दिवस मनाईंदै छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले हरेक वर्षको मार्च २१ तारिखका दिनलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

प्राचीन भाषाहरूको अस्तित्व, विश्वको विकास र विश्वको ज्ञानमा कविताको भूमिकाको स्मरण गराउनु नै यस दिवसको प्रमुख उद्देश्य हो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिष्ठानले आज कवि गोष्ठीको आयोजना गरेको छ । करिब तीन दर्जन वरिष्ठ कविले कवितावाचन गर्ने प्रतिष्ठानले जनाएको छ । यो दिवसलाई साहित्यको माध्यमबाट चेतना जगाउने दिवसको रुपमा पनि लिइन्छ ।

यसले मानिसलाई साहित्यतर्फ उत्प्रेरणा दिन्छ । साहित्य आफैंमा शब्द र भाषाको प्रयोगमा आधारित कलात्मक अभिव्यक्ति हो जुन लिखित र मौखिक दुवै हुन्छ ।

टिप्पणीहरू