सेन्ट जेभियर्समा सांगीतिक साँझ

सेन्ट जेभियर्समा सांगीतिक साँझ

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले आउँदो बुधबार सांगीतिक साँझ आयोजना गर्दै छ । कलेजले आठौं फादर इ. एल. वाट्रीन मेमोरियल कल्चरल अवार्ड तथा “सुर-वाहिनी” सांगीतिक साँझ आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रममा विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका शम्भूजीत बॉस्कोटालाई सम्मान गरिने छ ।

कलेजभित्रैको फादर वाट्रीन मेमोरियल हलमा हुने कार्यक्रम बेलुकी ५ देखि ७ बजेसम्म सम्म हुने आयोजकले बताएको छ । कार्यक्रममा नेपाली संगीतकारहरुको उपस्थिति रहने छ ।

टिप्पणीहरू