संक्रमणभन्दा निको हुनेदर १० गुणा बढी

संक्रमणभन्दा निको हुनेदर १० गुणा बढी

गत फागुनदेखि मुलुकमा कोरोना संक्रमणदर निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ६१ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन सय ८२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर तीन हजार दुई सय ४१ जना सक्रिय संक्रमित छन् ।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू