राजदूतलाई किन झुक्याए पत्रकारले ?

राजदूतलाई किन झुक्याए पत्रकारले ?

हालै पदबहाली गरेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागतका लागि अहिले तानातान छ । सातापिच्छे दूतावासमा कार्यक्रमको भरभारबीच आइतबार भने बेग्लै रमाइलो देखियो । केही कांग्रेसी र गैरपत्रकारले लण्डन दूतावासभित्रै महामहिमलाई झुक्याए ।

विपिन निरौलाले प्रेस युनियन बेलायतको नामबाट राजदूतलाई स्वागत गर्छौं भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवानिकट राजदूतले नमान्ने कुरै भएन । फेरि अघिल्लो साता नेपाल पत्रकार महासंघ बेलायतको आधिकारिक समूह पनि दूतावास गइसकेको थियो ।

तर, उक्त कार्यक्रममा एनआरएन नेता, कलाकार र कांग्रेसी कार्यकर्ताको भीड देखियो । अनि प्रेस युनियन भनेर मञ्च उपलब्ध गराएको दूतावास त्यतिखेर अलमलमा प¥यो जब खारेजीको मुखमा परेको एनआरएन यूके महासचिव खुशी लिम्बुले पत्रकार निर्वाचनमा पछि परेका सञ्जय कँडेल, जगन कार्की, शुल्कसमेत नतिरेका विपिन निरौला आदिलाई नेपाल पत्रकार महासंघको नाम जोडेर बोलाइदिए ।

केही वर्षअघि नै महासंघको सदस्यबाट समेत निश्कासित खुशी लिम्बुले पत्रकार महासंघको तर्फबाट राजदूतलाई स्वागत गर्दा ‘जोक’ जस्तो देखियो ।

‘प्रेस युनियन कि पत्रकार महासंघ ?’– राजदूतले खासखुस गर्न थाले उपनियोग प्रमुख रोशन खनालसँग । रोशनले प्रेस युनियन नै भनेपछि राजदूतले संबोधनमा त्यसैगरी बोले ।

लण्डनस्थित नेपाली दूतावासभित्रै आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघको नाम र लोगो दुरुपयोग गरिएको प्रति वास्तविक पत्रकार आगो भएका छन् ।

दूतावासले नेपाल प्रेस युनियनका तर्फबाट राजदूतको स्वागतका लागि अनुरोध आएपछि समय उपलब्ध गराइएको स्पष्ट पार्दै पत्रकार महासंघको नाम र लोगो दुरुपयोगबारे अनभिज्ञता प्रकट गरेको छ ।

टिप्पणीहरू