एमालेका पार्टी कमिटीहरु केपी ओलीको गोजीमा : मुख्यमन्त्री पाण्डे

एमालेका पार्टी कमिटीहरु केपी ओलीको गोजीमा : मुख्यमन्त्री पाण्डे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले डाहा गर्दैमा पार्टी स्थापित हुनबाट रोक्न नसक्ने बताउनुभएको छ । धादिङस्थित धुनीबेसी नगर कमिटीको प्रथम अधिवेशनलाई हिजो सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेशको लहर चलेको उहाँले उल्लेख गर्नुभयो ।

जनताको भावनालाई कदरमार्फत पार्टी अघि बढेको बताउँदै नेपालले आफ्नो नेतृत्वमा रहेको पार्टीबाट नै देशको समृध्दि सम्भव रहेकोतर्फ जनताको आशा र भरोसा बढेको भनाइ राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘कुरा होइन हामी काम गरेर देखाउने छौं,’ उहाँले भन्नुभयो ।

राज्यको साधन र स्रोत सही ठाउँमा सदुपयोग गर्न अध्यक्ष नेपालले पार्टीका मन्त्री र जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । देशभर पार्टीले चुनावी अभियान शुरु गर्ने बताउँदै भन्नुभयो,‘काङ्ग्रेसका केही मान्छे एक्लै चुनावमा जाने भनिरहेका छन् । तर पार्टी सभापति गठबन्धनलाई चुनावसम्म लैजान तयार छन् ।’ उहाँका अनुसार चुनावमा तालमेल गर्नेबारे छलफल चलिरहेको छ । कुनै पार्टीसँग तालमेल नभए पनि आफ्नै बलमा लड्न नेकपा एकीकृत समाजवादी तयार रहेको उहाँको भनाइ थियो ।

“खसी काटेर गाउँगाउँमा भोज लाउँदै मान्छे फकाएर कम्युनिष्ट पार्टी अघि नबढ्ने उहाँको तर्क थियो ।”

एकीकृत समाजवादी पार्टी गठन भएको छोटो समयमा सफलता हासिल गरेको पनि अध्यक्ष नेपालको भनाइ छ । ‘कलम न्याय र सत्यको प्रतिक हो । मेचीदेखि महाकालीसम्म लहर आएको छ । गण्डकी प्रदेशमा पार्टी प्रवेश शुरु भएको छ,’ अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

सो अवसरमा बोग्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीले पार्टीलाई व्यक्तिगत कोटरी बनाएर आफ्ना मान्छेको भर्ति केन्द्र बनाएको टिप्पणी गर्नुभयो । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले ओलीको सर्वसत्तावादविरुध्द उभिन बाध्य हुनु परेको स्पष्ट पार्नुभयो ।

‘ओलीको गोजीमा पार्टी केन्द्रीय कमिटी रह्यो,’ पाण्डेले अगाडि भन्नुभयो, ‘हामी अब सुदृढ र जनताको मर्म बुझ्ने अनुशासित पार्टी बनाउँछौं । युवाहरुलाई प्राथमिकता दिने पार्टी बनाउने छौँ ।’ तर खसी काटेर गाउँगाउँमा भोज लाउँदै मान्छे फकाएर कम्युनिष्ट पार्टी अघि नबढ्ने उहाँको तर्क थियो ।

त्यस अवसरमा बागमती प्रदेश सरकारबाट धुनीवेसीमा भइरहेको विकासबारे उहाँले जानकारी गराउनुभएको थियो ।

टिप्पणीहरू