राजधानीबाट मन्त्री र भूपू मन्त्री उडेको उड्यै

राजधानीबाट मन्त्री र भूपू मन्त्री उडेको उड्यै

आज राजधानीबाट विभिन्न सेक्टरमा भएको उडानमा बहालरत र पूर्वमन्त्रीहरु चढेका छन् । बिहान साढे ७ बजेको उडानमा खानेपानी मन्त्री उमाकान्त चौधरी पोखरा जानुभएको छ ।

बुध्द एअरकै अर्को उडानबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पोखरा जानुभएको छ । उहाँ बिहान साढे ९ बजेको उडानबाट पोखरा जानुभएको विमानस्थल स्रोतले बताएको छ ।

उता एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत पनि जहाज चढेर विराटनगर पुगेको मोरङ एमालेका एक जना सदस्यले बताए । बस्नेत यति एअरलाइन्सको बिहान ९ बजेको उडानबाट त्यहाँ पुगेका हुन् ।

त्यसैगरी आजै पूर्वमन्त्री तथा पूर्व मुख्यमन्त्री शेरधन राई पनि काठमाडौंबाट विराटनगर पुगेको बुद्ध एअर स्रोतले जनाएको छ । राई चढेको बुद्ध एअरको विमान बिहान पौन ९ उडेको थियो ।

टिप्पणीहरू