अमेरिकासङ्ग मिलेर सिनेमा देखाउँदै नेपाल

अमेरिकासङ्ग मिलेर सिनेमा देखाउँदै नेपाल

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करणको मिति घोषणा भएको छ । दुई देशको चलचित्र समाजले असार २३ गतेबाट असार २६ गतेसम्म महोत्सव गर्न लागेको हो ।

वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

चलचित्र महोत्सवमा नेपालका फिचर फिल्म,वृत्तचित्र,छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिने बताइएको छ । नेपालबाहेक अमेरिका,दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमा महोत्सवको प्राथमिकतामा पर्नेछन् । वासिङ्गटन डीसी,मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शित मध्ये उत्कृष्टलाई विभिन्न अवार्डहरूबाट पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र,संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरू पनि आयोजना बताइएको छ ।

टिप्पणीहरू