होली खेल्दै भक्तपुरमा ‘स्टन्ट शो’

होली खेल्दै भक्तपुरमा ‘स्टन्ट शो’

मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा आज भक्तपुरबासी रमाएका छन् । सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’ मा सयौं दर्शक सहभागी भएका छन् ।

हिडन एक्सन स्टन्ट एकेडेमीको आयोजनामा एकेडेमीकै हल सल्लाघारीमा कार्यक्रम भएको हो । दर्शकहरुले प्रोफेसनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिङ, डिजे कुन्साङसँग डिजे पार्टीलगायतको मनोरञ्जन लिएको बताइन्छ । नेपाल इको प्यानललगायतको सहयोगमा कार्यक्रम भएको हो ।कार्यक्रममा सहभागी नेपाल इको प्यानका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम सफल भएको बताएका छन् । ‘होलीसँगै प्रोफेसनल स्टन्ट शो हेर्न पाउँदा दर्शकहरू अत्यन्त रमाए,’ दुवालले भनेका छन् ।

टिप्पणीहरू