भरुवा बन्दुक घरमा राख्नेलाई प्रहरीले फेला पार्यो

भरुवा बन्दुक घरमा राख्नेलाई प्रहरीले फेला पार्यो

प्रहरीले सिन्धुलीमा भरुवा बन्दुकसहित दुई जनालाई पक्रेको छ । कमलामाई नगरपालिका–१२, लुडेडाँडाबाट गएराति दुई थान भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा स्थानीय ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन हुन् । प्रहरीका अनुसार पूर्णबहादुरको घरबाट एक थान खाली र लाल बहादुरको घरबाट एक थान लोडेड बन्दुक बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू