पोल्याण्डकी क्यारोलिना नयाँ मिस वर्ल्ड

पोल्याण्डकी क्यारोलिना नयाँ मिस वर्ल्ड

पोल्यान्डकी क्यारोलिना बेइलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि हात पारेकी छन् । आज बिहान अमेरिका नजिकैको पोर्तोरिकोमा सम्पन्न उक्त उपाधिको ७० औं संस्करणमा उनी छानिएकी हुन् ।

अमेरिकाकी सिरि साइनी दोस्रो र कोट डी आइभोरकी ओलिभिया एस तेस्रो भएकी छन् । कोरोना महामारीका कारण यसपटकको अन्तिम प्रतिस्पर्धामा विश्वका ४० जना सुन्दरीले मात्र भाग लिएका थिए ।

नेपालबाट मिस वर्ल्डमा प्रतिनिधित्व गरेकी नम्रता श्रेष्ठ अन्तिम ३० बाटै बाहिरिइन् ।

टिप्पणीहरू