माधव नेपालको तर्फबाट होलीको अबिर लाउने कार्यक्रम

माधव नेपालको तर्फबाट होलीको अबिर लाउने कार्यक्रम 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई अबिर लगाइदिने कार्यक्रम तय भएको छ । फागु पूर्णिमाका अवसरमा उहाँले अबिर दलेर शुभकामना दिन लाग्नुभएको हो ।
मीनभवन,आलोकनगरस्थित पार्टी कार्यालयमा बिहान ११ बजे फागु पूर्णिमाको कार्यक्रम राखिएको छ । नेता तथा कार्यकर्ताहरु कार्यक्रममा उपस्थित हुन थालेका छन् । नेता नेपाल पहाडे उपाध्याय परिवारको भए पनि जन्मले तराई मधेस रौतहटको वासिन्दा हुनुहुन्छ । होली मधेसको महत्वपूर्ण पर्व हो ।

टिप्पणीहरू