संक्रमण क्रमशः घट्दै, मृत्युदर शुन्य

संक्रमण क्रमशः घट्दै, मृत्युदर शुन्य

पछिल्लो २४ घण्टामा मुलुकभर ८२ जना कोरोना संक्रमित भेटिएका छन् । छ हजार एक सय ७५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा दुई सय १३ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ३ प्रतिशत रहेको छ । मुलुकभर अझै चार हजार पाँच सय ७४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा १६ जनामा संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १५ जना छन् । भक्तपुरमा कोरोना संक्रमित भेटिएका छैनन् भने ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार सय ५० छ । भक्तपुरमा ३९ र ललितपुरमा तीन सय ४४ जना सक्रिय संक्रमित छन् ।

आज कसैले पनि संक्रमणका कारण ज्यान गुमाएका छैनन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १० जना युवायुवती छन् भने दुई जना किशोरकिशोरी हुन् । त्यस्तै, पाँच जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू