कोरोना घटेपछि मापसे चेकिङ कडाई

कोरोना घटेपछि मापसे चेकिङ कडाई

कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले हिजो मात्रै काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको हो ।

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७५७ जना चालकलाई हिजो ट्राफिकले कारवाही गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७७ जना रेहका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

टिप्पणीहरू