यी विमान परिचारिका होइनन्

यी विमान परिचारिका होइनन्

चीनमा बुलेट ट्रेनको जालो देशैभर फैलिएको छ । सन् २०२१ को अन्तसम्म चीनमा द्रुत गतिको रेल ट्रयाकको लम्बाई ४० हजार किलोमिटर पुगेको छ ।

चीनमा बुलेट ट्रेनको सञ्चालन सन् २००८ को अप्रिलमा शुरु भएको हो । अहिले पूर्व र पश्चिम, उत्तर र दक्षिण सबैतिर यो फैलिएको छ । मुलुकका अधिकांश ठूला शहरमा द्रुत गतिको रेल ट्रयाक पुगेको छ ।

तस्बिरमा देखिएका युवतीहरु विमानमा जस्तै ती रेलमा यात्रुलाई अत्यावश्यक सेवा दिनको लागि तम्तयार अवस्थामा देखिन्छन् । उनीहरुलाई हेर्दा ठ्याक्कै एअर होस्टेसझैँ लाग्छ । तर, ती सबै रेल परिचारिका हुन् ।

फोटो स्रोत : चाइना डेली अनलाइन ।

   

टिप्पणीहरू