कोरोना संक्रमणदर स्वाट्टै घट्यो, मृत्युदर पनि शुन्य

कोरोना संक्रमणदर स्वाट्टै घट्यो, मृत्युदर पनि शुन्य

मुलुकमा हरेक दिन कोरोना संक्रमणको दर ओरालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर ५८ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच हजार चार सय १८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा एक सय ४८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ३ प्रतिशत रहेको छ । मुलुकभर अझै चार हजार आठ सय १९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २६ जनामा संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा २५ जना छन् । भक्तपुरमा कोरोना संक्रमित भेटिएका छैनन् भने ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार सय ४९ छ । भक्तपुरमा ४५ र ललितपुरमा तीन सय ४७ जना सक्रिय संक्रमित छन् ।

आज कसैले पनि संक्रमणका कारण ज्यान गुमाएका छैनन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ११ जना युवायुवती छन् भने १० जना किशोरकिशोरी हुन् । त्यस्तै, ६ जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू