जन्ती बोकेको टिपर पल्टियो,बेहुला बेहुली सुरक्षित

जन्ती बोकेको टिपर पल्टियो,बेहुला बेहुली सुरक्षित

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिएर उक्त दुर्घटना भएको हो ।

दुधौली नगरपालिका–५ ठाकुरखोलामा हिजो राति जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेको बिराटनगर,कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।

टिप्पणीहरू