कोरोना संक्रमणदर घट्दो, संक्रमित मृत्यु पनि शून्य

कोरोना संक्रमणदर घट्दो, संक्रमित मृत्यु पनि शून्य

केही सातायता नेपालमा कोरोना संक्रमणदर घटिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६५ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार तीन सय छ पीसीआर परीक्षणमा ५९ जना र एक हजार छ सय ४१ एन्टिजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा एक सय ९२ जनालाई संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार नौ सय १७ रहेको छ ।

तीमध्ये चार हजार आठ सय १५ जनाले होम आइसोलेसनमा उपचार गराइरहेका छन् । त्यसैगरी, ९८ जना संस्थागत आइसोलेसनमा छन् । आइसीयुमा राखेर ३५ र भेन्टिलेटरमा छ जना संक्रमितको उपचार भइरहेको छ ।

टिप्पणीहरू