७ नगरपालिकालाई सम्मान, सबै राजधानी बाहिरका

७ नगरपालिकालाई सम्मान, सबै राजधानी बाहिरका

प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कुष्ट ७ नगरपालिकालाई सम्मान प्रदान गर्नुभएको छ । नेपाल नगरपालिका संघले ओयाजना गरेको कार्यक्रममा पाँच विधामा ती नगरपालिका उत्कृष्ट ठहरिएका हुन् । संघको २९औं वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिकालाई सम्मान गरिएको हो ।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको नीललण्ठ नगरपालिका तथा वन वातावरण, जलवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका हुन् ।

टिप्पणीहरू