माधवविरुद्ध केपीको मुद्दा ५ नम्बर इजलासमा

माधवविरुद्ध केपीको मुद्दा ५ नम्बर इजलासमा

सर्वोच्च अदालतको ५ नम्बर इजलासमा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उहाँको दलविरुद्ध दायर गर्नुभएको मुद्दाको पेशी चढेको छ । उक्त इजलासमा माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा।कुमार चुडाल हुनुहुन्छ ।

एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेपछि ओलीले नेपालको पार्टी र पदीय हैसियतविरुद्ध भदौमा मुद्दा दायर गर्नुभएको थियो । तर आज उक्त मुद्दा पटक पटक ओलीले आरोप लगाउँदै आउनुभएका न्यायाधीशको इजलासमा परेको छ ।

ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध अमेरिकाबाट इमेल लेखी आफूलाई परमादेशमार्फत पदच्युत गरेको भनी न्यायाधीश खतिवडालाई आरोप लगाउँदै आउनुभएको छ । प्रतिनिधि सभा विघटन बदरको फैसलाअघि खतिवडा अमेरिकामा हुनुहुन्थ्यो । उहाँसँगै अर्का न्यायाधीश डा। कुमार चुडालसहितको ५ नम्बर इजलासमा आज ओलीले दायर गर्नुभएको मुद्दाको सुनुवाइ हुन लागेको हो ।

टिप्पणीहरू