गृहमन्त्री घर जाँदा तस्करहरु गदगद

गृहमन्त्री घर जाँदा तस्करहरु गदगद

गृहमन्त्री हप्तैपिच्छे आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रमा जान थालेपछि तस्करहरुलाई हाइसञ्चो भएको छ । गृहमन्त्रीको अघिपछि दगुर्दा रुपन्देही प्रहरी प्रशासनले अन्य अपराधिक कार्यक्रम रोक्न असफल हुन थालेको गुनासो छ ।

प्रहरी अधिकृत तथा जुनियर कर्मचारी मन्त्री यतै रहँदासम्म सडकमा खडा हुनुपर्ने अवस्था हुन्छ । उनीहरु खटिएको मौका छोपेर तस्करहरुले धकधई,केवटलिया, कालिदह र सेमरपानी क्षेत्रबाट तस्करी शुरु गरेका हुन् ।

एसपी मनाेज यादवको सरुवा भएसँगै तस्करीको नयाँ चरण शुरु भएको बताइन्छ । सूचना संकलनको लागि राखिएका घुमुवाहरुले समेत यतिबेला तस्करहरुसँग मोलमोलाई सहित लाइनवापतको रकम उठाउन थालेको गुनासो आएको छ । नौ महिनासम्म ठप्प रहेको लाइन खुलेपछि कपिलवस्तु र नवलपरासीबाट तस्करी गराउँदै आएकाहरु रुपन्देही फर्किन थालेका छन् ।

कपिलवस्तुमा डिएसपी धर्म भण्डारी र नवलपरासीमा एसपी मनाेज यादवले गृहमन्त्रीको सुरक्षामा प्रहरी खट्नु परेको बहानामा खुलेआम तस्करी गराउँदै आएको प्रहरी स्रोतको दाबी छ ।

टिप्पणीहरू