विप्लवका पूर्व इन्चार्ज माधव नेपालको कलम चिन्हतिर

विप्लवका पूर्व इन्चार्ज माधव नेपालको कलम चिन्हतिर

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज विहान काठमाडौंस्थित केन्द्रीय कार्यालयमा ओखलढुंगाका पूर्व नेकपा विप्लव इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

उनले आफू नेकपा एमालेको संस्थापकमध्ये एक भए पनि त्यस पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको बताए । हामीले यत्रो प्रतिकूलताको बीचमा जुन हिसाबले पार्टी निर्माण गर्यौं त्यसको केपी ओलीले कल्पना पनि गरेका छैनन्’ नेपालले भने । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएको दाबी गरे । ‘हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ। इमान्दारिताको पक्ष छ,निष्ठाको पक्ष छ,समर्पणको पक्ष छ,जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ ।

समाज रुपतान्तरण गरिछाड्ने संकल्प पनि छ’,अध्यक्ष नेपालले भने,‘त्यसअनुसार नै असल व्यक्तिहरूको पहिचान गर्ने,गतिशील नयाँ पुस्तालाई क्रानितकारी विचारले ओतप्रोत गर्दै अगाडि बढ्ने योजना छ ।’ विप्लव नेकपाका धेरै कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको यसका नेताले दाबी गरेका छन् ।

‘पार्टीको अस्तित्व सिध्याउनका लागि फागुन १ मा भएको षड्यन्त्रलाई हामीले चकनाचुर पारेका छौं,’उनले भने ।

साथै अमेरिकी सहयोग परियोजना एमसीसीको नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न शर्त राखेर नेपाली जनताको भावनामाथि कुठराघात गर्न खोजेको आरोप उनले लगाए ।

‘एमसीसीको नाममा केपी ओलीले निशर्त नेपाली जनताको भावनामाथि कुठाराघात गरेका र नेपाली कांग्रेससँग शर्त राखेर माधव नेपालको पार्टीको दर्ता खारेज, महाअभियोग प्रस्ताव दर्ता भएका प्रधानन्यायाधीशलाई बहाल र ५ दलीय गठबन्धन छाड्न लगाउनेजस्ता शर्त राखेका थिए।” उनले भने ।

टिप्पणीहरू