सर्वोच्चले आज फेरि दु:ख दियो केपी ओलीलाई

सर्वोच्चले आज फेरि दु:ख दियो केपी ओलीलाई

प्रतिनिधिसभा विघटन बदरको फैसला सुनाउने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णयलाई ‘गोरु ब्याएको’ संज्ञा दिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्चबाट अर्को धक्का लागेको छ । आज बसेको संवैधानिक इजलासले ओली प्रधानमन्त्री भएका बखत क्याबिनेटले गरेका दुईवटा महत्वपूर्ण निर्णय उल्ट्याइ दिएको हो ।

कामु प्रधानन्यायाधीश दिपक कार्की नेतृत्वको संवैधानिक इजलासले ओली क्याबिनेटले कार्यान्वयन गरेको भूमिसम्बन्धी ऐनका कतिपय प्रावधान संविधानसँग बाझिएको भन्दै कार्यान्वयन नगर्न आदेश दिएको हो ।

“ओली सरकारका दुई महिला मन्त्री कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे र भूमिसुधार मन्त्री पद्मा अर्यालले क्याबिनेटबाट गराएको उक्त निर्णय कार्यान्वयन नगर्न इजलासले आदेश गरेको हो । “

त्यस्तै,आफ्नो जिल्ला झापाको गिरीबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना गरेर व्यापारीहरुको पक्षमा निर्णय गर्ने ओली क्याबिनेटकै अर्को निर्णय पनि संवैधानिक इजलासले उल्ट्याइदिएको छ । ओली सरकारका दुई महिला मन्त्री कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे र भूमिसुधार मन्त्री पद्मा अर्यालले क्याबिनेटबाट गराएको उक्त निर्णय कार्यान्वयन नगर्न इजलासले आदेश गरेको हो ।

आजै पोखरा पुगेर ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा न्यायाधीशहरुले आफू नेतृत्वको सरकार ढालेको गम्भीर आरोप लगाउनु भएको थियो । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने न्यायालयको निर्णयलाई उहाँले सर्वोच्चमा गोरु ब्याएको भन्दै कटाक्ष गर्नुभएको थियो ।

टिप्पणीहरू