सरकारी आँकडामै बजार भाउ बढ्यो, पोहोरको तुलनामा दोब्बर

सरकारी आँकडामै बजार भाउ बढ्यो, पोहोरको तुलनामा दोब्बर

नेपाल राष्ट्र बैंकले गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको उक्त महिनामा मुद्रास्फीति २ दशमलव ७० प्रतिशत थियो ।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ९६ प्रतिशत रहेको छ ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमश २० दशमलव ६८ प्रतिशत, १४ दशमलव ०७ प्रतिशत र ९ दशमलव ३६ प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५ दशमलव ८७ प्रतिशत, ७ दशमलव ८६ प्रतिशत र ५ दशमलव ९२ प्रतिशत रहेको छ ।

गत माघ महिनामा काठमाडौं उपत्यकामा ५ दशमलव ४७ प्रतिशत, तराईमा ६ दशमलव ५० प्रतिशत, पहाडमा ५ दशमलव ३२ प्रतिशत र हिमालमा ५ दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ माघमा ती क्षेत्रमा क्रमशः २ दशमलव १२ प्रतिशत, २ दशमलव ७८ प्रतिशत, ३ दशमलव ३० प्रतिशत र २ दशमलव ०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

टिप्पणीहरू