लमजुङमा अझै लफडा,लाश सद्गद् गर्न आनाकानी

लमजुङमा अझै लफडा,लाश सद्गद् गर्न आनाकानी

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा डुबेर निधन भएका सुन्दर बजारका एक जना विद्यार्थीको सद्गद् अझै भएको छैन । हिजो साँझसम्म दुवै पक्षबीच भएको छलफलमा पीडित पक्षले किटानी जाहेरी गर्ने भनिएपछि प्रक्रिया अघि नबढेको हो ।

स्थानीय बोर्डिङ स्कुलका प्रिन्सिपल नेपाली काँग्रेसनिकट भएकाले पीडित पक्षलाई एमालेले उकासेको काँग्रेसीहरुले आरोप लगाएका छन् । डुबेर निधन भएका विद्यार्थीका आफन्तले स्थानीय फ्युचर स्टार आवासीय माविका प्रिन्सिपललाई थुन्नुपर्ने माग राख्दै आएका छन् । विद्यार्थीको मृत्युपछि घटनाले राजनीतिक रुप लिँदा स्थानीय प्रशासनले २४ घण्टा कर्फ्यु लगाएको थियो ।

उक्त विद्यालयमा १० कक्षामा पढ्ने विद्यार्थी सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्न जाँदा डुबेर निधन भएको हो । विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मा अध्ययनरत सविन गुरुङसँगै श्रेष्ठ पनि पौडी खेल्न गएका थिए । श्रेष्ठ विद्यालयको छात्रवासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरवाही गरेको भन्दै हुलदंगा गरेका थिए ।

टिप्पणीहरू