गल्ती सच्याएर अघि बढ्न माधव नेपालको आग्रह

गल्ती सच्याएर अघि बढ्न माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती सच्याएर अघि बढ्न नेताहरुलाई निर्देशन दिनुभएको छ । हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले आज उक्त निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो‘गल्ती नहुने भन्ने हुँदैन,गल्ती हुन्छ । तर,त्यसलाई सच्याउनुपर्छ । समीक्षा गर्नुहोस्, गल्ती र कमकमजोरीको समीक्षा गर्दै,सच्याउँदै ऊर्जाका साथ पार्टी र देश निर्माणको काममा लाग्नुहोस् ।’

उहाँले पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,‘ लोकतान्तिक आन्दोलनमा प्रतिगमनकारीले शीर उठाउन खोज्ने भएकाले सचेत हुनुहोला ।’

टिप्पणीहरू