अर्थतन्त्र जोगाउन श्रीलंकाको कठोर निर्णय

अर्थतन्त्र जोगाउन श्रीलंकाको कठोर निर्णय

कोरोना महामारीका कारण संकटोन्मुख अर्थतन्त्रलाई जोगाउन श्रीलंका सरकारले विभिन्न निर्णय गरेको छ ।

पर्यटन विदेशी मुद्रा आर्जनको मुख्य स्रोत भएको श्रीलंकामा पछिल्लो दुई वर्ष विदेशी मुद्राको सञ्चिति घटेर इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

पछिल्ला दिनमा उसले विलासिताका सामान आयातमा कठोर व्यवस्था गरेको छ । गम्भीर वित्तीय संकटबाट गुज्रिरहेको देशलाई उकास्न त्यहाँको अर्थ मन्त्रालयले ३ सय ६७ थरिका सामान आयातमा कडाइ गरेको हो ।

गए मध्यरातबाट लागु भएको उक्त निर्णयमा माछा,जुत्ता, रक्सीलगायतका वस्तु आयातमा कडाइ गरिएको हो । पछिल्लो तथ्याङ्कअनुसार श्रीलंकाको विदेशी मुद्रा सञ्चिति दुई अर्ब अमेरिकी डलरमा झरेको छ ।

जबकि सरकारले यो वर्ष तिर्नुपर्ने ऋण मात्रै चार अर्ब अमेरिकी डलर छ ।

टिप्पणीहरू