रातभर डान्सबार खुल्ला,अश्लिल नृत्यमा बन्देज

रातभर डान्सबार खुल्ला,अश्लिल नृत्यमा बन्देज

गृह मन्त्रालयले होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनका लागि नयाँ मापदण्ड बनाएको छ । जसअनुसार अब रात्रिकालिन व्यवसाय सञ्चालन गर्न छुट्टै इजाजत प्राप्त गर्नुपर्ने छ । प्रत्येक व्यवसायीले आफ्नो कारोवार सञ्चालन गर्दा सार्वजनिक सदाचार र नैतिकताको अनिवार्य पालना गर्नुपर्नेछ । त्यसैगरी,रात्रिकालीन व्यवसायमा काम गर्नेलाई पदअनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधासमेत उपलब्ध गराउनुपर्ने छ ।

‘सेवा लिइसकेपछि व्यवसायस्थलबाट आफ्नो घरसम्म पुर्याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले स–शुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ,’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक सुरक्षाका लागि व्यवसायीले पोशाक र परिचयपत्रको साथमा सुरक्षा गार्ड राख्नुपर्नेछ ।’ कलाकारहरुले सीपमूलक नृत्य मात्र प्रदर्शन गर्न पाउनेछन् । डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाच्न नपाइने मापदण्डमा उल्लेख छ ।

“१८ वर्ष मुनिकालाई मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोगमा रोक लगाइएको छ । साथै,डान्सबार, रेस्टुरेण्ट एण्ड बार,लाइभ ब्याण्ड, लाउन्ज बारमा उनीहरुलाई प्रवेश निषेध गरिएको छ । “

आन्तरिक तथा वाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनालाई स्वस्थ मनोरञ्जन प्रदान गर्न निर्देशनसमेत दिइएको छ । साथै,प्रचलित कानुनअनुसार कामदारलाई पारिश्रमिक दिनुपर्ने छ । पर्यटन, होटल तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रम प्रयोग गर्न पाइने छैन । १८ वर्ष मुनिकालाई मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोगमा रोक लगाइएको छ । साथै,डान्सबार, रेस्टुरेण्ट एण्ड बार,लाइभ ब्याण्ड, लाउन्ज बारमा उनीहरुलाई प्रवेश निषेध गरिएको छ ।

मूल्यसूची विपरीत ग्राहकलाई दुःख दिन पनि रोक लगाइएको छ । व्यवसायी सञ्चालनको उध्देश्यबाहेक अलग प्रकृतिका व्यवसाय,सेवा सञ्चालन गर्न नपाइने भनिएको छ । प्रचलित ऐन कानुनको पूर्ण रुपमा परिपालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न पाइने छ ।

त्यस्तै, रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सै घण्टा चल्न दिने निर्णयसमेत भएको छ । गृहको निर्णयसँगै अब होटल,रेष्टुरेन्ट,डान्स,दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुन पाउने भएका छन् । यसअघि प्रहरी प्रशासनले राति १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।

टिप्पणीहरू