मोटरसाइकल पल्टिंदा एकको मृत्यु, एक घाइते

मोटरसाइकल पल्टिंदा एकको मृत्यु, एक घाइते

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् । गयराती वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा गुडिरहेको मोटरसाइकल पल्टिंदा चालक चन्द्र बहादुर सिंजालीको ज्यान गएको हो ।

एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिंदा वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय सिंजालीको घटनास्थलमै मृत्यु भएको प्रहीले बताएको छ । मोटरसाइकलको पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ बर्षीय बल बहादुर कामी भने घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते कामीको कर्णाली प्रदेशिक अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको छ ।

टिप्पणीहरू