सिंहदरबारमा अमेरिकी राजदूत, खुमलटारमा चिनियाँ राजदूत

सिंहदरबारमा अमेरिकी राजदूत, खुमलटारमा चिनियाँ राजदूत

काठमाडौंस्थित प्रभावशाली मुलुकका राजदूतहरुको राजनीतिक भेटघाट फेरि चुलिएको छ । एमसीसी सम्झौता अनुमोदनअघि पश्चिमा मुलुकका राजदूतहरुले दिनहुँ मन्त्री र नेताहरुलाई भेटेका थिए । अहिले फेरि त्यो क्रम बढेको छ ।

आज बिहान अमेरिकी राजदूत रेण्डी बेरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरेका छन् । मन्त्री भेट्न राजदूत बेरी बिहानै सिंहदरबार छिरेका हुन् ।

उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न चिनियाँ राजदूत हौ यान्छी खुमलटार पुगेकी छन् । त्यहाँको भेटघाट जारी छ ।

टिप्पणीहरू