न्यायमूर्तिहरुमाथि एमाले अध्यक्षको कटाक्ष : श्रीमानहरुले संविधान हेर्न छाड्नुभो

न्यायमूर्तिहरुमाथि एमाले अध्यक्षको कटाक्ष : श्रीमानहरुले संविधान हेर्न छाड्नुभो

एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतका न्यायाधीशहरुले संविधानबमोजिम काम नगरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा विघटन बदरको फैसला सुनाउने सर्वोच्च अदालतका न्यायाधीशतर्फ इंगित गर्दै ओलीले व्यक्तिका उद्देश्य पूरा गर्न संविधान नै नहेरी फैसला गरिएको दाबीसमेत गर्नुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज वसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छाडेको आरोप लगाउनुभएको हो । न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकास विरोधीको रुपमा देखिएको ओलीको भनाइ छ ।

‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छाड्नुभयो । श्रीमानले कानुन हेर्न छाड्नुभयो । श्रीमानले के हेर्या हो ?,’ कटाक्ष गर्दै ओलीले भन्नुभयो, ‘उहाँहरु त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ ।’

टिप्पणीहरू