गृहमन्त्रीको जिल्लामा भोलि के हुँदैछ ?

गृहमन्त्रीको जिल्लामा भोलि के हुँदैछ ?

गृहमन्त्री बालकृष्ण खाँण भोलि गृहजिल्ला जानुहुने भएको छ । आफूले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी हुन उहाँ रुपन्देही जान लाग्नुभएको हो ।

गृहमन्त्री खाँणले तिलोत्तमा नगरपालिका ५ स्थित शान्ति नमूना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव,अभिभावक दिवस एवम् नवनिर्मित भवन उदघाटन तथा शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भोलि नै नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गर्ने वीपी कोइराला स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०७६ र २०७७ को वितरण कार्यक्रममा सहभागी भएर साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू