आज ८८ जना संक्रमित, एक जनाको मृत्यु

आज ८८ जना संक्रमित, एक जनाको मृत्यु

गत २४ घण्टामा मुलुकभर ८८ जना कोरोना संक्रमित भेटिएका छन् । आठ हजार तीन सय ३८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा तीन सय ३६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ । मुलुकभर अझै छ हजार एक सय ५० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा २२ जना छन् । भक्तपुरमा एक र ललितपुरमा छ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार सय ७९ पुगेको छ । भक्तपुरमा ५५ र ललितपुरमा पाँच सय ८५ जना सक्रिय संक्रमित छन् ।

आज एक जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १३ जना युवायुवती छन् भने पाँच जना किशोरकिशोरी हुन् । त्यस्तै, चार जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू