एल्बम लोकार्पण गर्दै हरिवंशले भने ‘अहिलेका गीत धेरै राम्रा’

एल्बम लोकार्पण गर्दै हरिवंशले भने ‘अहिलेका गीत धेरै राम्रा’

कवि एवम् गीतकार वासुदेव अधिकारीद्वारा रचित पहिलो गीति एल्बम तथा म्युजिक भिडियो लोकार्पण गरिएको छ । साहित्य सन्ध्याद्वारा आज जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा ‘घाम आउँछ छाँया दिन्छ’ गीति एल्बम र ‘सास रैछ सास’ म्युजिक भिडियो लोकार्पण गरिएको हो ।

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै आचार्यले अहिले जस्तो पहिले गीत गाउन स्वतन्त्रता नभएको बताए । आचार्यले भने, ‘अहिलेका गीतहरु धेरै राम्रा छन् ।

पहिलेकालाई राम्रो र अहिलेकोलाई खत्तम भन्नु एक किसिमको रोग नै भएको छ । अहिलेका पुस्ताले निरन्तरता दिएर पूराना गीतलाई जीवन्त दिनुभएको छ । यसकालागि अहिलेका पुस्तालाई धन्यवाद दिनु पर्दछ ।’

टिप्पणीहरू