प्राध्यापकहरुले लगाएको ताल्चा विद्यार्थीले फोडे

प्राध्यापकहरुले लगाएको ताल्चा विद्यार्थीले फोडे

त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापक संघले लगाएको ताल्चा विद्यार्थीहरुले फुटाएका छन् । करार सेवामा नियुक्तिको माग राख्दै विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको खुल्ला विज्ञापन खोलेर परीक्षाको प्रक्रिया सुचारु गरेको रोक्नुपर्ने भन्दै लगाइएको ताल्चा आज विद्यार्थीहरुले फुटाएका हुन् ।

कीर्तिपुरस्थित घडी भवन अगाडि उपप्राध्यापक पदका लागि पर्सि हुने परीक्षालाई निरन्तरता दिलाउन भन्दै पुगेका विद्यार्थीहरुले विरोध गरेका हुन् । उनीहरुले बुधबार राति ९ बजे धर्नास्थलमा पुगेर टाँगिएको पाल भत्काएको र कार्यलयमा लगाएको ताला फोडेको बताइएको छ ।

आज पनि दिउँसो अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मदन बिष्ट, त्रिवि कमिटी अध्यक्ष अमरराज जोशी तथा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् त्रिवि कमिटी इञ्चार्ज लोकेन्द्र ऐरि, त्रिवि कमिटी अध्यक्ष प्रदीप भट्ट लगायतको उपस्थितिमा विरोध प्रदर्शन गरेका छन् ।

सो क्रममा सेवा आयोग भवनको एउटा झ्याल फुटाइएको छ भने हाल विद्यार्थीहरु तितरबितर भएका छन् ।

टिप्पणीहरू