६ दल खुलामञ्च जाने तयारीमा

६ दल खुलामञ्च जाने तयारीमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित छ वटा कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरिएको विरोधमा आज राजधानीको खुलामञ्चमा जनसभा गर्दैछन् ।

आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्याली निकालेर खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन् ।

बिहान ११ बजे र्याली सुरु भएको र मध्यान्ह ३ बजे सभा हुने जनाइएको छ ।

नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन् ।

मोर्चाले पर्सि बुद्धिजीवीसँग अन्तरक्रिया गर्दैछ भने आगामी मंगलबार देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ ।

फागुन २६ गते विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने फागुन २८ गते युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू