व्याख्यात्मक घोषणाले भ्रम छरेको एमाले महासचिवको आरोप

व्याख्यात्मक घोषणाले भ्रम छरेको एमाले महासचिवको आरोप

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ । उहाँले धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

पोखरेलले भन्नुभयो, ‘उक्त घोषणाले जनतालाई भ्रमित बनाएको छ । सम्झौता पारित गरेपछि व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन ।’ सो क्रममा उहाँले सभामुख अग्नि सापकोटाको पनि आलोचना गर्नुभयो । सभामुखले राजनीतिक पूर्वाग्रह राखेको उहाँको भनाइ थियो ।

टिप्पणीहरू