आज १ सय ५ जना संक्रमित, ३ जनाको निधन

आज १ सय ५ जना संक्रमित, ३ जनाको निधन

पछिल्लो २४ घण्टामा मुलुकभर एक सय पाँच जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार नौ सय २४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा तीन सय २० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । मुलुकभर अझै सात हजार पाँच सय १७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १८ जना छन् । भक्तपुरमा दुई र ललितपुरमा पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या नौ सय ६० रहेको छ । भक्तपुरमा एक सय र ललितपुरमा एक हजार ७० जना सक्रिय संक्रमित छन् ।

आज तीन जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १५ जना युवायुवती छन् भने एक जना किशोर किशोरी हुन् । त्यस्तै, पाँच जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू