एमसीसीको विरोधमा एघार दल इन्द्रचोक जाने

एमसीसीको विरोधमा एघार दल इन्द्रचोक जाने

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा संयुक्त जनआन्दोलन हुने भएको छ । फागुन १५ गतेको संसद बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेपछि यसको झन चर्को विरोध भएको छ ।

एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलन गर्न लागेका हुन् । सी.पी. मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौता विरुद्ध पर्सि जनआन्दोलन थाल्न लागेका हुन् ।

उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन विरुद्ध र आन्तरिक संकट तथा वाह्य हस्तक्षेपबाट उन्मुक्तिका लागि आगामी सोमबार दिउँसो साढे १ बजे काठमाडौंको इन्द्रचोकमा बृहत विरोधसभाको आयोजना गर्न लागेका हुन् ।

सोही दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम तय गरिएको छ । साथै, एमसीसीको विरोधमा प्रत्येक प्रदेश र महत्वपूर्ण नगरमा पनि विरोधसभा गरिने संयुक्त विज्ञप्तिमा उललेख छ ।

एमसीसीविरुद्धको जनआन्दोलनमा नेकपा माले, जनसमाजवादी पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, त्रिमूल पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा (संयुक्त), नेपाल सर्वहारा कम्युनिष्ट पार्टी माओवादी, नेपालवाद पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल राष्ट्रिय जनवादी पार्टी तथा नेशनल मुभमेन्ट नेपाल सहभागी छन् ।

टिप्पणीहरू