युध्दको पीडा : २ दिनकी सुत्केरीको ८ माइल यात्रा

युक्रेनमा भइरहेको रुसी हमलापछि त्यहाँबाट सुरक्षित तवरले अन्य देशमा जानेहरुको संख्या दश लाख नाघेको समाचार सार्वजनिक भएको छ । राजधानी किभ र अन्य शहरमा रहेका स्वदेशी र विदेशीले युक्रेन छाड्ने क्रम जारी छ ।
यही बीच दुई दिनकी सुत्केरी महिला शिशु च्यापेर ८ माइल हिँडेकी छन् । अमेरिकी महिला जेसी बोइकमन र उनका श्रीमान ज्याकोबले उक्त पीडा खेपेका हुन् । उनीहरु अहिले अमेरिकाको क्यालिफोर्निया पुगेका छन् ।
जेसीले रुसले युक्रेनमा आक्रमण गर्नु २ दिनअघि शिशु जन्माएकी हुन् । उनीहरु २७ घण्टासम्म लगातार हिँडेका थिए ।
https://www.news-journal.com/we-walked-8-miles-with-a-newborn-us-couples-dangerous-escape-from-ukraine/video_f71c12e2-8bc2-5ce8-90ea-525284324ce2.html?fbclid=IwAR1IowNAkZ3TLFEXWZw78goplKituLvPZ6__ODo_WoNHngGrNP22pDRzaCg
स्रोत : सीएनएन