गोविन्द पोखरेलले काँग्रेसीजनलाई एमसीसी पढाउने

गोविन्द पोखरेलले काँग्रेसीजनलाई एमसीसी पढाउने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे काँग्रेसी कार्यकर्ताहरुलाई पढाउने भएका छन् । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्य समितिले आगामी आइतबार आयोजना गर्न लागेको कार्यक्रममा एमसीसीको राम्रा पक्षबारे जानकारी गराइने बताइएको छ ।

कार्यक्रममा काँग्रेसका जिल्ला समिति,क्षेत्रीय समिति,प्रदेश समिति, पालिका समिति र वडा कार्यसमितिका पदाधिकारीहरु सबै सहभागी हुँदैछन् ।

नेपाली काँग्रेस उक्त सम्झौता संसदबाट हुबहु पारित हुनुपर्ने अडानमा शुरुदेखि नै थियो । वामपन्थी दलहरु संशोधनसहित पारित गर्नुपर्ने अडानमा थिए । अहिले संसदबाट अनुमोदन भइसकेको सन्दर्भमा काँग्रेसले एमसीसीबारे आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न लागेको हो ।

टिप्पणीहरू