अमेरिकी राजदूत गृह मन्त्रालयमा, उपेन्द्र यादव बालुवाटारमा

अमेरिकी राजदूत गृह मन्त्रालयमा, उपेन्द्र यादव बालुवाटारमा

अमेरिकी राजदूत र्‍याण्डी बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । आज दिउँसो राजदूतले मन्त्रीसङ्ग एक घण्टा भेटेका हुन् । यसअघि आजै राजदूतले बालकोट पुगेर प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र अस्ति प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए ।

उता सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेर बालुवाटारबाट बाहिरिनुभएको छ ।

आजै बिहान बालुवाटारमा प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

टिप्पणीहरू