संसदमा हात उठाएपछि विज्ञापन प्रकाशित

संसदमा हात उठाएपछि विज्ञापन प्रकाशित

अमेरिकी सहयोग परियोजना एमसीसीले ठूलो संख्यामा कर्मचारी मागेको छ । गत आइतबार सरकारले एमसीसी पास गरेलगत्तै परियोजनाको लागि कर्मचारी मागिएको हो । एमसीसी परियोजना कार्यान्वयनका लागि स्थापित एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

संसदबाट एमसीसी सम्झौता पारित भएको दुई दिनपछि नै एमसिए नेपालले विभिन्न १० पदमा कर्मचारी माग गरेको हो । एमसीए बोर्डले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन माग गरेको छ ।

इच्छुक आवेदकहरुले एमसीए नेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्ने बताइएको छ ।

टिप्पणीहरू