चार्टर उडानमा चीन गएका ९ जनामा संक्रमण

चार्टर उडानमा चीन गएका ९ जनामा संक्रमण

काठमाडौंबाट अस्ति सोमबार चार्टर उडानबाट चीनको उहान गएका यात्रुमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिन नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा संक्रमणको तेस्रो लहर मत्थर भए पनि संक्रमित देखिन छाडेको छैन । उता हङकङमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । त्यहाँ महामारी उच्च विन्दुमा पुगेको बताइन्छ ।

चीनको मुख्य भूमिमा भने यदाकदा देखिएका संक्रमितलाई बेलैमा पत्ता लगाउँदै अरुलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ । चीनले संक्रमण फैलन नदिन दुई वर्षदेखि कडा स्वास्थ्य मापदण्ड पालना गराउँदै आएको छ ।

टिप्पणीहरू