साढे छ हजारको परीक्षण गर्दा डेढ सय संक्रमित

साढे छ हजारको परीक्षण गर्दा डेढ सय संक्रमित

गत २४ घण्टामा मुलुकभर एक सय ५८ जना कोरोना संक्रमित भेटिएका छन् । छ हजार पाँच सय चार जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा तीन सय ५४ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । मुलुकभर अझै सात हजार नौ सय ७१ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा २७ जना छन् । भक्तपुरमा संक्रमित भेटिएका छैनन् र ललितपुरमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ५७ पुगेको छ । भक्तपुरमा एक सय २३ र ललितपुरमा एक हजार दुई सय ८९ जना सक्रिय संक्रमित छन् ।

आज दुई जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २६ जना युवायुवती छन् भने पाँच जना किशोरकिशोरी हुन् । त्यस्तै, १५ जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू