एमाले पनि एमसीसीको पक्षमा

एमाले पनि एमसीसीको पक्षमा

नेकपा एमालेले संसदबाट अनुमोदित एमसीसी सम्झौताको संसदीय अनुमोदनको समर्थन गरेको छ । आज यस सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यक्षरुपमा एमसीसी अनुमोदनको समर्थन गर्नुभएको हो ।

एमालेले व्याख्यात्मक टिप्पणीसहित एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई भने सत्ता गठबन्धनका दलहरुको ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । ओलीकाे लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै त्यसो भन्नुभएको हो ।

‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ’, ज्ञावलीले भन्नुभयो ।

पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको उहाँले बताउनुभयो । यसपटक पनि एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको ज्ञवालीको आरोप छ ।

उहाँले भन्नुभयो, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको पनि ज्ञवालीको दावी छ ।

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि उहाँले बताउनुभयो । यो संसस्दीय अभ्यासको विद्रुप रुपमात्रै भएको ज्ञावालीको ठहर छ ।

अहिले अध्यक्ष ओलीले यस सम्बन्धमा पत्रकारहरुले राखेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहनु भएको छ ।

टिप्पणीहरू